२०८३ साउन २१ गते बिहीबार

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १५ गते बुधबार ११:३२

पोखरा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा...

पोखरा

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

असही ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए ।

हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

तर, पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पर्वतका ढुंगाना घान्द्रुकमा कार्यरत थिए ।

प्रकाशित मिति २०८० कात्तिक १५ गते बुधबार ११:३२
हजुरको प्रतिक्रिया