२०८३ साउन २१ गते बिहीबार

कर्णालीका सभामुख र उपसभामुख सवार गाडीको ठक्करले १ जना घाइते

कर्णालीका सभामुख र उपसभामुख सवार गाडीको ठक्करले १ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १८ गते शनिबार ०५:०५

मोटरसाइकलमा ३ जना सवार थिए । मोटरसाइकलको पछाडि बस्ने १२ वर्षीय २ बालक भने सकुशल रहेको डिएसपी केसीले बताए ।

पोखरा

कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडीले बाग्लुङमा मोटरसाइकललाई ठक्कर दिदा एक युवक गम्भिर घाइते भएका छन् ।

बाग्लुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

बाग्लुुङबाट बुर्तिबाङ हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्र्कापियो विपरित दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी डिएसपी मदन केसीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा ३ जना सवार थिए । मोटरसाइकलको पछाडि बस्ने १२ वर्षीय २ बालक भने सकुशल रहेको डिएसपी केसीले बताए ।

मोटरसाइकल चालक बाग्लुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्यांग्रिका १८ वर्षीय विमल खत्री घाइते भएका छन् । खत्रीको मलद्वारमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार सम्भव नभएपछि घाइतेलाई पोखरा रिफर गरिएको छ । ‘सिरियस भएकाले बुर्तिबाङ हुँदै मणिपाल हस्पिटल पोखरा पठाइएको छ’, डिएसपी केसीले भने ।

पोखराबाट मध्यपहाडी लोकमार्ग हुँदै सभामुख, उपसभामुख र प्रदेशसभाका कर्मचारीसहितका ३ वटा गाडी कर्णाली फर्कदै थियो । हाल बुर्तिबाङमा दुवै पक्षबीच छलफल भइरहेको छ ।

३ जना सवार मोटरसाइकल तिब्र गतिमा जिकज्याक चलाएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी केसीले बताए ।

प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार ०५:०५
हजुरको प्रतिक्रिया