२०८३ साउन २१ गते बिहीबार

बिहीबार पाेखरामा ५८ संक्रमित थपिए

बिहीबार पाेखरामा ५८ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १८ गते बिहीबार ०८:४४

पाेखरा । पाेखरा महानगरपालिकामा काेराेना भूसकाे आगाेझै फैलिएकाे छ । यतिबेला देशभर काेराेना परिक्षणकाे दर घटिरहेकाे छ । पाेखरा र गण्डकी प्रदेशकाे पनि पछिल्लाे अवस्था यहि हाे । यद्यपी यस्ताे अवस्थामा समेत सिङ्गाे प्रदेशकै हाराहारीमा...

प्रदेशभरका कुल संक्रमित १२ हजार ३६२

पाेखरा । पाेखरा महानगरपालिकामा काेराेना भूसकाे आगाेझै फैलिएकाे छ । यतिबेला देशभर काेराेना परिक्षणकाे दर घटिरहेकाे छ । पाेखरा र गण्डकी प्रदेशकाे पनि पछिल्लाे अवस्था यहि हाे । यद्यपी यस्ताे अवस्थामा समेत सिङ्गाे प्रदेशकै हाराहारीमा पाेखरामा काेराेना संक्रमितहरू थपिएका छन् ।

बिहीबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जम्मा २ वटा विज्ञप्ती जारी गर्याे । जसमा समग्र प्रदेशभर कुल ६५ जना संक्रमित थपिए । समग्र प्रदेशभर ६५ जना संक्रमित थपिँदा पाेखरा महानगरपालिकामा मात्रै ५८ जना नयाँ संक्रमित फेला परेका छन् ।

कास्कीकाे मादी गाउँपालिका वडा नं. ४ का २९ बर्षीय पुरूषमा काेराेना पुष्टि भएपछि बिहीबार कास्कीमा ५९ जना संक्रमित थपिएका छन् । अन्य संक्रमितहरूमा स्याङजाका ५ जना तथा बाग्लुङका १ जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यससंगै समग्र प्रदेशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ३६२ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर १८ गते बिहीबार ०८:४४
हजुरको प्रतिक्रिया