२०८३ साउन २१ गते बिहीबार

बुर्तिबाङ नजिकै ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुर्तिबाङ नजिकै ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २१ गते मंगलबार १०:५६

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राती साढे १० बजे बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेदेखि बुर्तिबाङ बजार तर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गदेखि करिब १०० मिटर तल खस्दा...

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार राती साढे १० बजे बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेदेखि बुर्तिबाङ बजार तर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गदेखि करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मत्यु हुनेमा ढोरपाटन नगरपालिका–२ पाखेट्टका २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरि गरिएको उनको भनाइ छ । उद्धार गरेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पु¥याउँदा डाक्टरले दुई जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक केसीले बताए । अहिले मृतक दुवै जनाको शव बुर्तिबाङ प्राथमिक केन्द्रमै राखिएको उनको भनाइ छ ।

दुर्घटना के कसरी भयो भन्ने यकिन हुन नभएको भन्दै त्यस विषयमा अनुसन्धान भइरहेको केसीले बताए ।

प्रकाशित मिति २०८० कात्तिक २१ गते मंगलबार १०:५६
हजुरको प्रतिक्रिया