२०८३ कात्तिक ११ गते मंगलबार

पोखराको ‘चाइना पुल’ अब ६ लेनको: देशकै नमूना, पोखराकै सुन्दर गेट बन्न सक्ने

पोखराको ‘चाइना पुल’ अब ६ लेनको: देशकै नमूना, पोखराकै सुन्दर गेट बन्न सक्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २५ गते शनिबार ०६:११

९० मिटर लम्बाईका पुलमा १४/१४ मिटरका ४ वटा टावरहरु बन्ने छन्

पोखरा
पोखरा–काठमाडौं जोड्ने पृथ्वीचोकस्थित चाइना पुल अब ६ लेनको देशकै नमूना बन्ने भएको छ ।

अहिले भइरहेको पुलको दायाँ÷बायाँ अरु २/२ लेनका पुल बन्ने भएको हो । पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत पोखरा–९ र १० जोड्ने सेती नदी पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन् ।

पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले पोखरा प्रवेश गर्ने सुन्दर गेटको रुपमा यसलाई विकास गरिने बताए ।

चाइना पुलको विकल्पिक पुलका रुपमा हेरिएको पुरानो र नयाँ विमानस्थल छोड्ने मितेरी पुल पनि निर्माण हुने ज्वालाले बताए । मितेरी पुल निर्माण प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता पनि ज्वालाले व्यक्त गरे ।

दायाँबायाँ १९०/१९० मिटर लम्बाइका निर्माण हुने २ वटा पुलको प्रविधि नेपालमै नौलो र आकर्षक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । यो पुल निर्माण सम्पन्न गर्नका लागि १ अर्ब ७ करोड २४ लाख रुपैयाँ लाग्ने छ ।

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर राजेशप्रसाद पौडेलका अनुसार यो नेपालमै पहिलो पटक निर्माण सम्पन्न लागेको सिग्नेचर एक्ट्रा डोज पुल हो । बीचमा पिल्लर, स्ल्याब हाल्न नमिल्ने भएकाले १९० मिटर लम्बाईका पुलमा १४/१४ मिटरका ४ वटा टावरहरु बन्ने छन् ।

पोखराका मेयर धनराज आचार्यले पुल निर्माणका क्रममा कुनै पनि अवरोध सिर्जना हुन नदिने तर २०८२ भदौ २१ गते उद्घाटन गर्ने गरी तयार पार्न निर्माण कम्पनीलाई आग्रह गरे । संघीय सांसद विद्या भट्टराईले पोखरा–मुग्लिन सडक विस्तार भइरहेका बेला बन्न लागेको पुलले खुसीको सञ्चार गरेको र सँगसँगै सेतीको संरक्षणमा जोड दिनुपर्ने बताइन् ।

प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जालीले पोखरा–मुग्लिन र मध्यपहाडी लोकमार्गको सुस्त निर्माण कार्यले सबैलाई हैरान बनाएको बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले चाइना पुल अब धेरै जनालाई आकर्षित गर्ने ‘सेल्फी पुल’ बन्न सक्ने बताए ।

प्रकाशित मिति २०८० कात्तिक २५ गते शनिबार ०६:११
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४