२०८३ साउन २१ गते बिहीबार

नवलपरासी दुर्घटना अपडेट: मृतकको संख्या सात पुग्यो

नवलपरासी दुर्घटना अपडेट: मृतकको संख्या सात पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २६ गते आइतबार ०४:५७

योसँगै दुर्घटनामा परी ज्यान जानेको संख्या सात पुगेको छ। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

नवलपरासी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको पनि मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

योसँगै दुर्घटनामा परी ज्यान जानेको संख्या सात पुगेको छ। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

दुर्घटनामा मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन। उक्त जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो।

प्रकाशित मिति २०८० कात्तिक २६ गते आइतबार ०४:५७
हजुरको प्रतिक्रिया