२०८३ साउन २१ गते बिहीबार

आजदेखि अन्तर बैंक एटीमएम प्रयाेगमा शुल्क लाग्ने

आजदेखि अन्तर बैंक एटीमएम प्रयाेगमा शुल्क लाग्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १९ गते शुक्रबार १२:०६

पाेखरा । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोनाको असर रहेसम्म जुनसुकै...

पाेखरा । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले कोरोनाको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको छ ।

एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए । यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका छन् ।

प्रकाशित मिति २०७७ मंसिर १९ गते शुक्रबार १२:०६
हजुरको प्रतिक्रिया