२०८३ असोज २४ गते शनिबार

विश्वकप छनाेटमा नेपालले यमनकाे सामना गर्दै

   

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ५ गते मंगलबार ०८:०१

अर्को चरण पुग्नका लागि यो खेल जित्नै पर्ने दबाबमा नेपाल रहेको छ ।

पाेखरा

फिफा विश्वकप २०२६ को एसियन छनोटको दोस्रो चरणमा नेपालले आज यमनविरुद्ध खेल्दैछ ।

नेपालले यमनसँग दोस्रो चरणको दोस्रो खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्न लागेको हो । काठमाडौं दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ । नेपालले दोस्रो चरणको यूएईविरुद्धको पहिलो खेलमा ४–० को हार ब्यहोरेको थियो । यूएईको घरेलु मैदानमा हार ब्यहोरेर घर फर्किएको नेपालले यमनविरुद्ध दशरथ रंगशालामा भिड्न लागेको हो । अर्को चरण पुग्नका लागि यो खेल जित्नै पर्ने दबाबमा नेपाल रहेको छ ।

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो चरणको समूह एचमा छिरेको नेपालले अरबका बलिया प्रतिष्पर्धी यूएई, बहराईन र यमनसँग दुई खेलको म्याच खेल्नेछ । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलबार यमनबिरुद्ध चुनौती प्रस्तुत गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति २०८० मंसिर ५ गते मंगलबार ०८:०१
हजुरको प्रतिक्रिया