२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ५ गते मंगलबार १०:५२

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् । सोमबार अपराह्न...

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् ।

सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

नीजहरू मुस्ताङकाे जाेमसाेमका स्थायी बासिन्दा रहेकाे र पाेखरा २९ पटनेरीमा डेरा गरि बस्दै अाएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति २०८० मंसिर ५ गते मंगलबार १०:५२
हजुरको प्रतिक्रिया