२०८३ कात्तिक ११ गते मंगलबार

बोराभित्र महिला र पुरुषको शव भेटियो

बोराभित्र महिला र पुरुषको शव भेटियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ६ गते बुधबार ०४:१८

चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै पुलमुनि दुईवटा शव भेटिएको छ । सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको सनाखत नभएको र उमेर अन्दाजी...

चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै पुलमुनि दुईवटा शव भेटिएको छ ।

सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । शव अहिले पाेष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति २०८० मंसिर ६ गते बुधबार ०४:१८
हजुरको प्रतिक्रिया