२०८३ साउन २१ गते बिहीबार

अनियन्त्रित भएर मोटरसाइकल खोलामा खस्दा युवकको मृत्यु

अनियन्त्रित भएर मोटरसाइकल खोलामा खस्दा युवकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ८ गते शुक्रबार १०:३१

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का विनोद गुरुङ रहेका छन् ।

पोखरा

तीब्र गतिमा हुइकिएको मोटरसाइकल अनियन्त्रित भएर खस्दा तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का विनोद गुरुङ रहेका छन् ।

गएराती भीमादबाट खैरेनीटारतर्फ आउदै गरेको मधेश प्रदेश ०३–०३०– प ३८५० नम्बरको मोटरसाइकल म्याग्दे गाउँपालिका–५ धारापानीमा सडकबाट ६० मिटर तल थाङदी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा चालक शुक्लागण्डकी–७ का २९ बर्षिय अनोन गुरुङ र पछाडि सवार २७ वर्षीय विनोद गुरुङ घाइते भएका थिए ।

दुवैलाई उद्धार गरेर बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो । उपचारको क्रममा गएराती नै विनोदको मृत्यु भएको डिएसपी खाँणले बताए ।

चालक अनोजको लेखनाथ सिटी हस्पिटल पोखरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८० मंसिर ८ गते शुक्रबार १०:३१
हजुरको प्रतिक्रिया