२०८३ साउन २१ गते बिहीबार

विराटनगरमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

विराटनगरमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ११ गते सोमबार ११:१६

विराटनगर बुवाको हत्या गरेको आरोपमा प्रहरीले झापाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–४ का २३ वर्षीय आशिष तामा छन् । उनीमाथि सोमबार बिहान करिब साढे ६ बजे ४५ वर्षीय बुवा भोलाकुमार तामाङको हत्या आरोप...

विराटनगर

बुवाको हत्या गरेको आरोपमा प्रहरीले झापाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–४ का २३ वर्षीय आशिष तामा छन् ।

उनीमाथि सोमबार बिहान करिब साढे ६ बजे ४५ वर्षीय बुवा भोलाकुमार तामाङको हत्या आरोप प्रहरी लगाएको छ ।

उनले कराई र घरेलु हतियारले प्रहार गरी बुवाको हत्या गरेका थिए ।

भोलाकुमारको टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका आशिषलाई प्रहरीले झापाकै कमल गाउँपालिका–४ मा पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति २०८० मंसिर ११ गते सोमबार ११:१६
हजुरको प्रतिक्रिया