फेरि राजतन्त्र सम्भव छ ?
काठमाडौं । राजसंस्थाको माग गर्दै शनिबार काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ । प्रदर्शन ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएकाे हाे ।
प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा तथा पृथ्वी नारायण शाहकाे तस्विर बोकेका थिए ।
प्रदर्शनकारीले राजसंस्थाको स्थापना माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गणतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद, संघीयता खारेज गर्, धर्म निरपेक्षता खारेज गर्नुपर्ने जस्ता नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।प्रदर्शनमा जाेगी, साधु सन्तदेखि सर्वसाधारणकाे समेत उपस्थिति रहेकाे थियाे ।
सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले आफूहरुको तीन माग रहेको बताए । राजसंस्था स्थापना, तथा संघीयताको र धर्म निरपेक्षताको खारेजी आफूहरुको माग भएको उनले बताए ।
अर्का अधिवक्ता बालकृष्ण बस्नेतले आफूहरुले हिजोको जस्तो राजा होइन, बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताएका छन् । यसका लागि आगामी फाुगन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन गर्ने उनले बताए ।
प्रकाशित मिति २०७७ मंसिर २० गते शनिबार ०३:३०




