२०८३ साउन २१ गते बिहीबार

पोखरा–४ बाट गाँजासहित दुई जना पक्राउ

पोखरा–४ बाट गाँजासहित दुई जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २२ गते शुक्रबार ०५:०२

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका- ४ कोइराला मार्गबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र रामबजारबाट खटिएको प्रहरी...

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका- ४ कोइराला मार्गबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही घर भइ हाल कोइरालामार्ग बस्ने ३५ वर्षका बिरु परियार र पर्वतको जलजला -९ का २६ वर्षका विनोद पुन रहेका छन् ।

उनीहरुको साथबाट १ हजार ४८० ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक बिनोद श्रेष्ठले बताए ।

प्रकाशित मिति २०८० मंसिर २२ गते शुक्रबार ०५:०२
हजुरको प्रतिक्रिया