२०८३ कात्तिक १० गते सोमबार

ठगी आरोपमा पाेखरामा वडा सदस्यसहित ४ जना पक्राउ

ठगी आरोपमा पाेखरामा वडा सदस्यसहित ४ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २३ गते शनिबार ०७:१४

ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीण विश्वकर्मा...

यसरी गरेका थिए ठगी

ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीण विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल छन् ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उनीहरुविरुद्ध उजुरी दिएका थिए ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० मंसिर २३ गते शनिबार ०७:१४
हजुरको प्रतिक्रिया