२०८३ साउन २१ गते बिहीबार

भारतकाे उत्तर प्रदेशमा गाडी र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु

भारतकाे उत्तर प्रदेशमा गाडी र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार १०:२४

काठमाडौं । भारत उत्तर प्रदेशको बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो लागेपछि कारमा सवार आठै जनाको जलेर मृत्यु भएको हो । दुर्घटना बरेली जिल्लाको भोजीपुरा...

काठमाडौं । भारत उत्तर प्रदेशको बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो लागेपछि कारमा सवार आठै जनाको जलेर मृत्यु भएको हो ।

दुर्घटना बरेली जिल्लाको भोजीपुरा थाना क्षेत्रको नैनीताल राजमार्गमा भएको हो । प्राप्त जानकारी अनुसार कारको टायर फुटेपछि ट्रकसँग ठोक्किएको हो । बरेलीका एसएसपी घुले सुशील चन्द्रभानले कार राजमार्गमा गुडिरहेको ट्रकसँग ठोक्कियो र त्यसपछि टाँसिएर आगो लागेको बताए । गाडी भित्रबाट सेन्ट्रल लक भएको कारण मानिसहरु बाहिर निस्कने मौका पाएनन् र सबै जलेका थिए ।

जसमध्ये ७ जना वृद्ध र एक बालक रहेका छन् ।

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार १०:२४
हजुरको प्रतिक्रिया