२०८३ साउन २१ गते बिहीबार

पोखराबाट बस चोरेर चितवन पुर्‍याएको आरोपमा एक बालक पक्राउ

पोखराबाट बस चोरेर चितवन पुर्‍याएको आरोपमा एक बालक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार ०४:३१

पोखरा पार्किङमा रहेको बस चोरी गरेको आरोपमा एक बालकलाई जिल्ला प्रहरी कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३ बस्ने १७ वर्षीय बालक छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी...

पोखरा
पार्किङमा रहेको बस चोरी गरेको आरोपमा एक बालकलाई जिल्ला प्रहरी कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३ बस्ने १७ वर्षीय बालक छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार शुक्रबार साँझ पृथ्वीचोकमा पार्किङ गरिराखेको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेर चितवन पु¥याएका थिए ।

‘बस चोरी भएको खबर पाउनसाथ हामीले मातहतका प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालयमा समेत जानकारी गराएर खोजतलास थालेका थियौं,’ विकले भने, ‘आफैंले चलाएर लगिरहेको अवस्थामा चितवन भरतपुरमा चेकजाँचका क्रममा फेला पा¥यौं ।’

पक्राउ परेका बालकलाई चोरी डाँकासम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ०४:३१
हजुरको प्रतिक्रिया