२०८३ कात्तिक ११ गते मंगलबार

ग्राहकसँग बढी बिल उठाउन लगाउने डान्सबारका २ कर्मचारी पक्राउ

ग्राहकसँग बढी बिल उठाउन लगाउने डान्सबारका २ कर्मचारी पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २६ गते मंगलबार ०७:४१

पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पोखरा

डान्सबारमा पुगेका ग्राहकसँग बढी बिल उठाउन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–६ लेकसाइडस्थित ड्रागन डान्स बारका म्यानेजर २५ वर्षीय सागर गुरुङ र लेकसाइडस्थित सेभेन स्टार डान्स बारका कर्मचारी २० वर्षीय प्रवीण खड्कालाई सोमबार बिहान पक्राउ गरेको हो ।

उनीहरुले मापदण्ड विपरीत ग्राहकहरुसँग महिला कामदारलाईसँगै राखेर मादक पदार्थ सेवन गर्न लगाएर बिल बढी उठाउन लगाएको प्रहरीले बताएको छ । पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति २०८० मंसिर २६ गते मंगलबार ०७:४१
हजुरको प्रतिक्रिया