२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

सिन्डिकेटकोे विवादमा प्राधिकरणले रोक्यो पाेखरा‍मा प्याराग्लाइडिङ उडान

सिन्डिकेटकोे विवादमा प्राधिकरणले रोक्यो पाेखरा‍मा प्याराग्लाइडिङ उडान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १ गते आइतबार ०८:०५

व्यवसायी र पाइलटबीच दूरी बढ्यो, संस्थाबाटै पनि छुट्टिन चाहान्छन् व्यवसायी

विवाद समाधान नभएसम्म प्याराग्लाइडिङ बन्द हुने

पाेखरा

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान रोकेको छ ।

प्याराग्लाइडिङको उड्नेका लागि शुल्क तोक्नेदेखि व्यवस्थापनसम्मको जिम्मेवारी सम्बन्धित कम्पनीलाई दिइएपछि उत्पन्न विवादलाई देखाउँदै प्राधिकरणले उडान रोकेको हो ।

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले शुल्क तोक्ने र पालो प्रणाली अपनाउने गर्दै आएको थियो । गत शुक्रबारबाट ‘ना’ ले बुधबार सबै अधिकार सम्बन्धित कम्पनीलाई दिएपछि एक सयभन्दा बढी पाइलटले असहमति जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) प्रति पनि असहमति जनाउँदै केही व्यवसायीले सम्पूर्ण अधिकार व्यवसायीलाई दिनुपर्ने माग राखेकाक थिए । संस्थाले नै शुल्क तोक्नेदेखि आलोपालो प्रणाली लागु गर्नु पनि सिन्डिकेट भएको भन्दै विरोध भएपछि नाले व्यवसायीलाई सबै अधिकार छाडेको हो ।

नाको यो निर्णयपछि पाइलटहरुले आफ्नो सुविधा घट्ने, अव्यवस्थित र असुरक्षित हुने, मनपरी शुल्क लिने क्रम बढ्ने भन्दै उडानसमेत बन्द गराएका थिए ।

विवादकै मानसिकतामा उडान भर्न दिँदा झनै असुरक्षित हुने भएकाले समस्या समाधान नहुँदासम्मका लागि उडान रोकिएको नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

शुक्रबार संस्थाको विवादबारे जवाफ माग्दै समस्या समाधान नहुँदासम्म उडान रोक्न निर्देशन जारी गरिएको भुलले बताए । क्यानका अनुसार पोखरामा अहिले प्याराग्लाइडिङ उडान गर्ने ७४ वटा कम्पनी छन् । ती कम्पनीहरुबीचमैै अहिले एकमना छैन ।

अहिलेसम्म संस्थाले नै शुल्क तोकिदिँदा प्याराग्लाइडिङ उडानको स्वदेशी, विदेशी दुबैका लागि १२ हजार रुपैयाँ तोकिएको थियो ।

अब शुल्क तोक्नेदेखि यात्रुलाई सुविधा दिनेसम्मको अधिकार व्यवसायीलाई नै दिँदा अस्वस्थ प्रतिस्पर्धा बढ्ने, पाइलटको सुविधा घट्ने र उडान क्षेत्र झनै अव्यवस्थित हुने पाइलट क्लबका अध्यक्ष दीपक थापा बताए ।

क्यानका उपप्रवन्धक भुल पनि शुल्कमा एकरुपता चाहिने तर अब त्यो कसरी कायम गर्ने भन्ने विषयमा पनि संस्थासँग जवाफ मागिएको बताए । व्यवसायीहरुले नै एकद्वारा प्रणाली नमान्ने बताएपछि सम्पूर्ण अधिकार व्यवसायीलाई नै दिइएको अध्यक्ष सुनिल भट्टराईले बताए ।

प्रकाशित मिति २०८० पुस १ गते आइतबार ०८:०५
हजुरको प्रतिक्रिया