२०८३ साउन २१ गते बिहीबार

ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ घाइते

ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ५ गते बिहीबार ०१:०९

काठमाडौं । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् । गएराति साढे १० बजेको समयमा आठबीसकाेट नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै...

काठमाडौं । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् ।

गएराति साढे १० बजेको समयमा आठबीसकाेट नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ ।

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घाइतेरूलाई उद्धार गरेर आठबीसकोटमा रहेको अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

उपचाररत घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित मिति २०८० पुस ५ गते बिहीबार ०१:०९
हजुरको प्रतिक्रिया