२०८३ साउन २१ गते बिहीबार

मंगलबार गण्डकी प्रदेशमा १०६ संक्रमित थपिए, ७२ जना पाेखराका मात्रै

मंगलबार गण्डकी प्रदेशमा १०६ संक्रमित थपिए, ७२ जना पाेखराका मात्रै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २३ गते मंगलबार ०३:१७

पाेखरा । मंगलबार पाेखरामा थप ७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । रूपा गाउँपालिकाका एकजनासहित मंगलबार कास्कीमा ७३ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । पछिल्ला केहि दिन यता परिक्षणकाे...

प्रदेशभर कुल संक्रमितकाे संख्या १२ हजार ८८० पुग्याे

पाेखरा । मंगलबार पाेखरामा थप ७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । रूपा गाउँपालिकाका एकजनासहित मंगलबार कास्कीमा ७३ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पछिल्ला केहि दिन यता परिक्षणकाे दर घटेकाे छ । यद्यपी, पाेखरा महानगरपालिकामा संक्रमित हुनेकाे दर भने बढिरहेकाे छ । मंगलबार समग्र प्रदेशभर १०६ जना संक्रमित बन्दा ७२ जना संक्रमित पाेखराका हुनुले पनि यसकाे पुष्टि गर्छ । अन्य संक्रमितहरूमा नवलपरासी पूर्वका ९ जना, लमजुङका ४ जना, तनहुँका ५ जना, स्याङजाका ५ जना, बाग्लुङका ९ जना तथा पर्वतका १ जना रहेका छन् ।

यससंगै समग्र प्रदेशभर कुल संक्रमितकाे संख्या १२ हजार ८८० पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २३ गते मंगलबार ०३:१७
हजुरको प्रतिक्रिया