२०८३ कात्तिक ११ गते मंगलबार

बालकुमारी प्रदर्शनः प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु

बालकुमारी प्रदर्शनः प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १३ गते शुक्रबार ०३:२९

काठमाडौं कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर...

काठमाडौं

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

‘आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको हो,’ उनले भने ।

वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रकाशित मिति २०८० पुस १३ गते शुक्रबार ०३:२९
हजुरको प्रतिक्रिया