२०८३ साउन २१ गते बिहीबार

जनप्रतिनिधि र प्रहरीसँग यौनिक तथा लैंगिक अल्पसंख्यकको अन्तरक्रिया

जनप्रतिनिधि र प्रहरीसँग यौनिक तथा लैंगिक अल्पसंख्यकको अन्तरक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १३ गते शुक्रबार ०५:०३

पोखरा नील हिरा समाज (बिडिएस) र यूनाइटेड नेशन डेभलप्मेन्ट प्रोगामको संयुक्त आयोजनामा सरोकारवालासँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समस्याको विषयमा अन्तरक्रिया कार्यक्रम सकिएको छ । बिहीबार प्रहरीसँग र शुक्रबार पोखरा महानगरपालिकाका...

पोखरा

नील हिरा समाज (बिडिएस) र यूनाइटेड नेशन डेभलप्मेन्ट प्रोगामको संयुक्त आयोजनामा सरोकारवालासँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समस्याको विषयमा अन्तरक्रिया कार्यक्रम सकिएको छ ।

बिहीबार प्रहरीसँग र शुक्रबार पोखरा महानगरपालिकाका जनप्रतिनिधीसँग बिडिएसले अन्तरक्रिया कार्यक्रम गरेको हो । समुदायभित्रको परिभाषा र समस्या बारे कार्यक्रम केन्द्रित थियो ।

कार्यक्रममा समुदायकी अभियानकर्मी भुुमिका श्रेष्ठले समुदायको समस्याका विषयमा प्रस्तुती राखेकी थिइन् । साथै समुदायको यौनिक अस्तित्व बुझाउने गरी अभिमुखिकरण दिएकी थिइन् ।

उनले कार्यक्रममा बोल्दै समुदायप्रति प्रयोग गरिने अपशब्दप्रति दुख व्यक्त गरिन् ।

समाजमात्र नभई परिवारले समुदायको अस्तित्वको स्वीकार गर्न नसक्दा भोग्नुपरेको विभेद डरलाग्दो रहेको उनले सुनाइन् । पहिचान सहितको नागरिकता पाउन पनि समुदायले यातना भोग्नुपरेको उनको गुनासो थियो ।

यस्तै शुक्रबार आयोजित कार्यक्रममा बोल्दै बिडिएसकी कार्यकारी निर्देशक मनिष ढकालले जनचेतना कार्यक्रमले केही सुधार भइरहेको सुनाइन् ।

संविधान र कानुनमा केही हदसम्म भएपनि समुदायलाई सम्बोधन गरिएको विषयमा सकारात्मक रहेको उनको भनाइ छ । यद्यपि समाजबाट विभेद भने अझै नहटेको उनी सुनाउँछिन् ।

‘सचेतनाको स्तर वृद्धि भएको छ । यो सचेतना सबैको जिम्मेवारी हो । यो सामाजिक मुद्दा हो त्यसैले पनि सबैले उठाउनुपर्छ,’ उनले भनिन् ।

कार्यक्रममा भक्ति शाहले आफनो कथा सुनाएका थिए ।

आफनो पहिचानको कारण नै नेपाली सेनाबाट निष्काषित हुन बाध्य भएका भक्तिले आफूहरु पनि सम्मानजनक जिन्दगी बाँच्न पाउनुपर्ने भनाइ राखेका थिए ।

प्रकाशित मिति २०८० पुस १३ गते शुक्रबार ०५:०३
हजुरको प्रतिक्रिया