२०८३ साउन २१ गते बिहीबार

बुधबार पाेखरामा ६६ संक्रमित थपिए

बुधबार पाेखरामा ६६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २४ गते बुधबार ०२:४२

पाेखरा । बुधबार पाेखरा महानगरपालिकामा थप ६६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । मादी गाउँपालिकाका ३ जनासहित बुधबार कास्कीमा ६९ जना संक्रमित बनेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । बुधबार समग्र प्रदेशका...

प्रदेशभर कुल १२ हजार ९७६ जनामा काेराेना पुष्टि

पाेखरा । बुधबार पाेखरा महानगरपालिकामा थप ६६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । मादी गाउँपालिकाका ३ जनासहित बुधबार कास्कीमा ६९ जना संक्रमित बनेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

बुधबार समग्र प्रदेशका ९६ जनामा संक्रमण पुष्टि हुँदा कास्कीमा साे संख्याका संक्रमित थपिएका हुन् । जस अनुसार लमजुङमा ८ जना, म्याग्दीमा २ जना, स्याङजामा २ जना, तनहुँमा ५ जना, गारेखामा १ जना तथा नवलपरासी पूर्वमा ९ जनामा संक्रमण पुष्टि भएकाे हाे  ।

यससंगै गण्डकी प्रदेशमा हालसम्म १२ हजार ९७६ जनामा काेराेना पुष्टि भएकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २४ गते बुधबार ०२:४२
हजुरको प्रतिक्रिया