२०८३ साउन २१ गते बिहीबार

३८ थान नक्कली लाइसेन्ससहित १ जना पक्राउ

३८ थान नक्कली लाइसेन्ससहित १ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २४ गते बुधबार ०६:४५

काठमाडाैं । प्रहरीले ३८ थान नक्कली चालक अनुमतिपत्रसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी...

काठमाडाैं । प्रहरीले ३८ थान नक्कली चालक अनुमतिपत्रसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाईको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट नक्कली साइसेन्ससहित मोटरसाइकल, विभन्नि बैंकका चेक समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति २०७७ मंसिर २४ गते बुधबार ०६:४५
हजुरको प्रतिक्रिया