२०८३ कात्तिक ११ गते मंगलबार

गण्डकी छड्केका क्यामेरापर्सन दुर्व्यवहार गर्ने प्रहरीमाथि छानविन

गण्डकी छड्केका क्यामेरापर्सन दुर्व्यवहार गर्ने प्रहरीमाथि छानविन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २२ गते आइतबार १२:२९

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया सञ्चालक जिबी राई तथा रास्वपा सभापति रवि लामिछानेको नामसमेत जोडिएको छ । उनीहरुले ग्यालेक्सी फाेरके टेलिभिजन चलाउने नाममा कराेडाैं रकम अपचलन गरेकाे आराेप छ । जिल्ला अदालत कास्कीमा दर्ता भएको मुद्धाअनुसार उनीहरुले १ अबै ११ करोड ३४ लाख रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

पब्लिक फोरके टेलिभिजनबाट प्रसारण हुने गण्डकी छड्केका क्यामेरा पर्सन राजकुमार माझीमाथि रिपोर्टिङका क्रममा दुव्र्यवहार गर्ने प्रहरीमाथि कारवाही हुने भएको छ ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणको रिपोर्टिङका क्रममा छड्केकर्मी माझीमाथि पुस १८ गते प्रहरीले दुव्र्यवहार गरेको थियो ।

सहकारी प्रकरणका मुख्य आरोपी शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’लगायतको जिल्ला अदालतमा पेशी लैजाने क्रममा रिपोर्टिङमा पुगेका माझीकोे मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रवणकुमार विकले जारी गरेको सूचनामा घटनाको दिन प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्री, प्रहरी नायब निरीक्षक चन्द्रबहादुर नेपालीलगायत फिल्डमा खटिएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस २० गते एक विज्ञप्ति जारी गरी उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

साथै, विञप्तिमा प्रहरीले सञ्चार माध्यमको व्यवसायिक मर्यादा कायम गर्दै संवेदनशील हुन समेत मातहतका कर्मचारीलाई निर्देशन दिइएको छ ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया सञ्चालक जिबी राई तथा रास्वपा सभापति रवि लामिछानेको नामसमेत जोडिएको छ ।

उनीहरुले ग्यालेक्सी फाेरके टेलिभिजन चलाउने नाममा कराेडाैं रकम अपचलन गरेकाे आराेप छ ।

जिल्ला अदालत कास्कीमा दर्ता भएको मुद्धाअनुसार उनीहरुले १ अबै ११ करोड ३४ लाख रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

प्रकाशित मिति २०८० पुस २२ गते आइतबार १२:२९
हजुरको प्रतिक्रिया