२०८३ साउन २१ गते बिहीबार

९ वर्षदेखि फरार रेशम पक्राउ

९ वर्षदेखि फरार रेशम पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २५ गते बुधबार १०:२१

२०७१ फागुन ११ गते अदालतले दोषि ठहर गरेपनि उनी फरार थिए ।

पोखरा

जिल्ला प्रहरी कास्कीले ९ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–८ आलुमाइललाचोकका रेशम रोका नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई कानुनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्वामा उच्च अदालतले दोषि ठहर गरेको थियो ।

२०७१ फागुन ११ गते अदालतले दोषि ठहर गरेपनि उनी फरार थिए ।

प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

अदालतले केद सजायका लागि आदेश दिएपछि मंगदबार नै कारागार चलान गरेको उनको भनाइ द्ध । रोकालाई उच्च अदालतले १ वर्ष कैद फैसला गरेको थियो ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार १०:२१
हजुरको प्रतिक्रिया