२०८३ कात्तिक ११ गते मंगलबार

पोखराबाट रामपुर जादैं गरेको जीप भीमादमा दुर्घटना, घाइते १२ जनाको उद्धार

पोखराबाट रामपुर जादैं गरेको जीप भीमादमा दुर्घटना, घाइते १२ जनाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २५ गते बुधबार ११:१८

जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए ।

पोखरा

पोखराबाट पाल्पाको रामपुर जादै गरेको यात्रुवहाक जीप दुर्घटनामा परेको छ ।

तनहुँको भीमाद नगरपालिकाको मिर्छुलुङमा विहान साढे ९ बजे दुर्घटना भएको हो ।

ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटरतल खसेको छ ।

जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए ।

घाइतेको उद्धार गरेर बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको छ । थप उपचारका लागि ३ जनालाई पोखरा रेफर गरेको उनले जानकारी दिए ।

‘चालकका अनुसार ११ जना यात्रु थिए भन्नेछ । अझै अरु पनि छन् कि भनेर घटनास्थलमा खोजतलास भइरहेको छ’, प्रहरी निरीक्षक सुवेदीले भने ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार ११:१८
हजुरको प्रतिक्रिया