२०८३ साउन २१ गते बिहीबार

पाल्पा जादै गरेको जीप भीमादमा दुर्घटनाः २ जनाको मृत्यु, १० घाइते

पाल्पा जादै गरेको जीप भीमादमा दुर्घटनाः २ जनाको मृत्यु, १० घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २५ गते बुधबार ०१:०१

नवलपुरको बौदीकाली गाउँपालिका–२ डेढ गाउँका ४२ वर्षीय रुमबहादुर विक र ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको खाँणले जानकारी दिए ।

पोखरा

भीमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्ती सडकमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा घाइते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

नवलपुरको बौदीकाली गाउँपालिका–२ डेढ गाउँका ४२ वर्षीय रुमबहादुर विक र ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको खाँणले जानकारी दिए ।

पोखराबाट पाल्पाको रामपुर जादै गरेको यात्रुवहाक जीप दुर्घटनामा विहान साढे ९ बजे दुर्घटना भएको हो । ग १ ज ६३५६ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटरतल खसेको थियो ।

जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो ।

घाइतेमध्य ३ जनाको अवस्था गम्भिर, ४ जना मध्यम र ३ जना सामान्य रहेका छन् । थप उपचारका लागि ६ जनालाई पोखरा रेफर गरेको गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

नवलपुर वौदिकाली गाउँपालिका–२ का ४० वर्षीय हरी ओझा, पाल्पाको निस्दि गाउँपालिका–१ का ६६ वर्षीय ज्ञानबहादुर राना, रामपुर नगरपालिका–७ का ३१ वर्षीय लक्ष्मण पंगेनी र स्याङजाको चापाकोछ नगरपालिका–७ का ४६ वर्षीय दिननाथ कँडेलको जिपी कोइरालामा उपचार भइरहेको छ ।

स्याङजाको चापाकोट नगरपालिका–६ की ३२ वर्षीय रेनु थापा, ६ वर्षीय रनीसा थापा, तनहुँको शुक्लागण्डकी नगरपालिका–६ की ४८ वर्षीय सेतु कार्की, भीमाद नगरपालिका–३ का ६२ वर्षीय दण्डपाणी रिजाल, घिरिङ गाउँपालिका–४ का ५० वर्षीय तिखे थापा र पाल्पाको निस्दी गाउँपालिका–२ की २७ वर्षीय पुजा सारुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार ०१:०१
हजुरको प्रतिक्रिया