२०८३ साउन २१ गते बिहीबार

पोखरामा खैरो हिरोइनसहित एक जना पक्राउ

पोखरामा खैरो हिरोइनसहित एक जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २५ गते बुधबार ०५:५४

उनको साथबाट ६.२ ग्राम खैरो हिरोइन बरामद गरिएको विकले जानकारी दिए ।

पोखरा

पोखराबाट खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा कोलपाटन बस्ने ३४ वर्षीय अनिल गुरुङ पक्राउ परेका हुन् ।

लागु औषध नियन्त्रण ब्युरो पोखरा र वडा कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बुधबार गुरुङलाई शंकास्पद मानेर चेकजाँच गर्दा खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उनको साथबाट ६.२ ग्राम खैरो हिरोइन बरामद गरिएको विकले जानकारी दिए ।

जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धा पक्रिया अगाडि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार ०५:५४
हजुरको प्रतिक्रिया