२०८३ साउन २१ गते बिहीबार

लागु औषधसहित स्याङजाका सुभाष दर्जी पक्राउ

लागु औषधसहित स्याङजाका सुभाष दर्जी पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २६ गते बिहीबार ०६:२३

उनको साथबाट ९९ एम्पुल डाइजापाम, ९५ एम्पुल फेनेरागन र ९८ एम्पुल नुर्फिन बरामद गरेको उनले जानकारी दिए ।

पोखरा

कास्की प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

बिहिबार स्याङजाबाट पोखरा आउदै गरेको बस चेकजाँचको क्रममा प्रहरीले स्याङजाको आँधिखोला गाउँपालिका–२ मुडुवाका ३३ वर्षीय शुभाष दर्जीलाई पक्राउ गरेको हो ।

छोरेपाटनमा बस चेकजाँचको क्रममा दर्जीलाई शंका गरेर खानतलासी गदाए उनको झोलामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उनको साथबाट ९९ एम्पुल डाइजापाम, ९५ एम्पुल फेनेरागन र ९८ एम्पुल नुर्फिन बरामद गरेको उनले जानकारी दिए ।

दर्जीलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागु औषध सम्बन्धि मुद्वामा १५ दिनको म्याद थपेर अनुसन्धान पक्रिया अगाडि बढाएको डिएसपी विकको भनाइ छ ।

प्रकाशित मिति २०८० पुस २६ गते बिहीबार ०६:२३
हजुरको प्रतिक्रिया