२०८३ कात्तिक ११ गते मंगलबार

बालिकालाई फकाएर मुन्द्रा चोर्ने महिला पक्राउ

बालिकालाई फकाएर मुन्द्रा चोर्ने महिला पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २६ गते बिहीबार ०७:४३

पहिला पनि १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरेर छुटेको डिएसपी विकले जानकारी दिए ।

पोखरा

पोखरामा बालिकालाई फकाएर कानमा लगाएको मुन्द्र चोर्ने महिला पक्राउ परेकी छन् ।

६ वर्षीय बालिकालाई ललाइफकाई गरेर कानको मुन्द्रासँगै घरमा राखेको खुत्रुके (भुड्की)को पैसा चोरी गर्ने पर्वतको मोदी गाउँपालिका– ६ घर भई पोखराको गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ पक्राउ परेकी हुन् ।

श्रेष्ठले पुस २० गते पोखराको शीतलादेवीमा बालिकाको सुनको मुन्द्रा र खुत्रुकेमा राखेको २ हजार २४० रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरेको विकले जानकारी दिए ।

जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

श्रेष्ठ यसअघि पनि चोरी मुद्वामा पटक पटक पक्राउ परेकी महिला हुन् ।

पहिला पनि १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरेर छुटेको डिएसपी विकले जानकारी दिए ।

चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ९ महिना कैद सजाय र २८ हजार रुपैयाँ जरिवाना भुक्तान गरेकी थिइन् ।

 

प्रकाशित मिति २०८० पुस २६ गते बिहीबार ०७:४३
हजुरको प्रतिक्रिया