२०८३ कात्तिक ११ गते मंगलबार

श्रीमतीको हत्या गरी फरार, खोजी गर्दै प्रहरी

श्रीमतीको हत्या गरी फरार, खोजी गर्दै प्रहरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २७ गते शुक्रबार ११:०७

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका एक युवकले श्रीमतीको हत्या गरेका छन् । असफल कुरुम्बाङले धारिलो हतियार प्रहार गरी श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जनाएको छ । घरासयी विवाद मिलाउन छलफल भइरहेका बेला...

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

असफल कुरुम्बाङले धारिलो हतियार प्रहार गरी श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जनाएको छ । घरासयी विवाद मिलाउन छलफल भइरहेका बेला एक्कासि उनले श्रीमतीमाथि आक्रमण गरेका थिए । त्यस क्रममा छुट्याउन खोज्ने उनकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ सिकिस्त घाइते भएका छन् ।

दुवैजनाको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्प्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै कुरुम्बाङ फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रकाशित मिति २०८० पुस २७ गते शुक्रबार ११:०७
हजुरको प्रतिक्रिया