२०८३ साउन २१ गते बिहीबार

समाज

पोखरामा साइबर अपराध विरूद्धको सचेतना मुलक कार्यक्रम

पोखरामा साइबर अपराध विरूद्धको सचेतना मुलक कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २७ गते शुक्रबार ०६:३०

पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा शिवालय साइबर अपराध विरूद्धको सचेतना मुलक कार्यक्रम भएको छ । शिवालय आमा समुह र जिल्ला प्रहरी कार्यलय कास्कीको सहकार्यमा साइबर अपराध विरूद्धको सचेतना मुलक कार्यक्रम भएको हो । प्रमुख अतिथि...

पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा शिवालय साइबर अपराध विरूद्धको सचेतना मुलक कार्यक्रम भएको छ ।

शिवालय आमा समुह र जिल्ला प्रहरी कार्यलय कास्कीको सहकार्यमा साइबर अपराध विरूद्धको सचेतना मुलक कार्यक्रम भएको हो ।

प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार थापाले
पछिल्लो समयमा साइबर अपराध बढेको बताउदैँ सबै भन्दा बढि बालबालिका पिडित रहेको बताए ।

यसको न्युनिकरणको लागि कार्यलयले विभिन्न अभियान गर्दे आईरहेको र अभिभावकले पनि आफ्ना बालबालिका प्रति सचेत रहन उनले आग्रह गरे ।

आमा समुहका कार्यवाहक अध्यक्ष केशब कुमारी भट्टराईले शिवालय आमा समुहले सामाजिक विकृतिको विरूद्धमा यस्ता कार्यक्रम आवश्यक रहेको जिकिर गरिन् ।

प्रकाशित मिति २०८० पुस २७ गते शुक्रबार ०६:३०
हजुरको प्रतिक्रिया