पोखरा
देशका दाङ, काठमाडौं र बागलुङमा भएको सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । शुक्रबार राति दाङको राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडाैका लागि छुटेको भे १ख ३९१२ नम्बरको बस शुक्रबार राति नदीको पुलबाट खसेको थियो । घाइतेबो विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी काठमाडौको चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काठमाडाैबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खसेको थियो । दुर्घटनामा काठमाडाको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको ज्यान गएको हो । दुुर्घटनामा ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा. सृष्टि तिवारी सामान्य घाइते भएकी छन् ।
बागलुङमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । गम्भीर घाइते हुने लक्ष्मी गैरे, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८० पुस २९ गते आइतबार ०७:५६




