२०८३ साउन २१ गते बिहीबार

बेनीमा आइतबारदेखि माघे संक्रान्ति मेला सुरु

बेनीमा आइतबारदेखि माघे संक्रान्ति मेला सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १ गते सोमबार ०९:५३

स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य, परम्परागत खानाको परिकार तथा माघे संक्रान्तिको महत्वलाई प्राथमिकता दिइएको छ ।

पोखरा ।

म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि माघे संक्रान्ति मेला सुरु भएको छ ।

मेलाको उद्घाटन पूर्व जिल्लाका विभिन्न जातजाति तथा संघ संस्थाका झाँकीले बेनी बजार परिक्रमा गरिएको थियो । मेलाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी जिल्लाका अपुरो विकास निर्माणलाई पूर्णता दिन निरन्तर ताकेता गरिरहेको बताए । मेलामा म्याग्दीका चार विधामा उत्कृष्ट महिलालाई सम्मान समेत गरिएको थियोे । राजनीतितर्फ संविधानसभा सदस्य थममायाँ थापा, सिलाइकटाईतर्फ बेनी नगरपालिका–७ की कमला गिरी, कृषितर्फ बेनी नगरपालिका–२ लभ्लीहिलकी पवित्रा कार्की र कलाकारतर्फ रघुगंगा गाउँपालिका–७ की धनकुमारी थापालाई सम्मान गरिएको थियो ।

स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य, परम्परागत खानाको परिकार तथा माघे संक्रान्तिको महत्वलाई प्राथमिकता दिइएको छ । स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुलाई निशुल्क ब्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति २०८० माघ १ गते सोमबार ०९:५३
हजुरको प्रतिक्रिया