२०८३ साउन २१ गते बिहीबार

महानगरस्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सकियाे

महानगरस्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सकियाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २ गते मंगलबार १०:३४

पोखरा ऐतिहासिक ढुंगेसाँघु मेलाका अवसरमा महानगरस्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी भएको छ । पोखरा महानगरपालिकाअन्तर्गत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो । सो अवसरमा घरमा...

पोखरा
ऐतिहासिक ढुंगेसाँघु मेलाका अवसरमा महानगरस्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी भएको छ ।
पोखरा महानगरपालिकाअन्तर्गत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो ।
सो अवसरमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधता सम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनसहित १० थरी तरुल, गिठा, भ्याकुर, पिँडालुतर्फ १० थरि र ३ थरिका सखरखण्ड प्रदर्शनी गरिएको थियाे ।
बागवानी अनुसन्धानका केन्द्रमा तयार गरिएका कन्दमूलहरू समेत प्रदर्शन गरिएको छ ।
त्यसअघि मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय उत्पादन वृद्धि र उत्पादनको बजार सुनिश्चितताका लागि आवश्यक व्यवस्थापन गर्ने बताए ।
कृषकहरूलाई अनुदान तथा साझेदारी कार्यक्रमहरू मार्फत सहुलियत प्रदान गर्दै प्रांगारिक उत्पादनमा हौसला प्रदान गरिएको उल्लेख गरे ।
परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण तर्फ लैजाँदै यान्त्रीकरणलाई समेत विशेष जोड दिइएको उनकाे भनाइ थियाे ।
मेलाका अवसरमा गरिएको जैविक विविधता विषयक कृषि गीत प्रतियोगितामा कृषि सञ्जाल ३३ प्रथम भएको छ ।
यस्तै सफल महिला कृषक समूह, पोखरा २९ दोस्रो, कृषि सञ्जाल २५ तेस्रो र कृषि सञ्जाल ३० सान्त्वना भएका छन् ।
माघी परिकार केन्द्रित प्रतिस्पर्धामा टंकनाथ  बस्ताकोटी पोखरा २३, पोखरा २४ प्रथम, रुपा बराल, पोखरा १३ दोस्रो, सङ्गीत सुनार, पोखरा १६ तेस्रो र सोबित अधिकारी, पोखरा २८ सान्त्वना भएका छन् ।
कन्दमूल प्रदर्शनी तथा प्रतियोगितामामा सहभागी १५ समूहले २३ थरी परिकार प्रदर्शनी गरेका छन् ।
घरमा उत्पादित कन्दमूल तर्फ देवीलाल बराल पोखरा २२ प्रथम, सीता अधिकारी पोखरा ३३ दोस्रो, सीता कुवर पोखरा २५ तेस्रो र रामजी पौडेल पोखरा २२ सान्त्वना भएका छन् ।
यस्तै वनमा उत्पादित कन्दमूलतर्फ प्रदीप ढकाल पोखरा २२ प्रथम, चमेरेगुफा कृषक समूह पोखरा १६ दोस्रो, टेकनाथ बराल पोखरा १३ तेस्रो, र देवीलाल बराल, पोखरा २२ सान्त्वना भएका छन् ।
विजेताहरूलाई पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिन् ।
दोस्रो राष्ट्रिय जैविक विविधता संरक्षण दिवसमा अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति २०८० माघ २ गते मंगलबार १०:३४
हजुरको प्रतिक्रिया