२०८३ कात्तिक ११ गते मंगलबार

आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेट आजदेखि

आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेट आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ५ गते शुक्रबार ०९:५६

नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले आउँदो आइतबार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।

पोखरा ।

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ ।

दक्षिण अफ्रिकामा आजदेखि सुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ’ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ’बी’ मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ’सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् । आज समूह ’ए’ का आयरल्यान्ड र अमेरिका खेल्दैछन् ।

यस्तै, समूह ’बी’ का दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल पनि आजै हुँदैछ ।

नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले आउँदो आइतबार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।

विश्व कपका सबै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यस पटक प्रतियोगिताको फर्म्याट केही परिवर्तन गरिएको छ । सुरुमा लिग चरणको खेल हुनेछ र हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

समूह चरण पार गर्ने १२ टोलीलाई सुपर सिक्स चरणमा दुई समूहमा विभाजन गरिनेछ । जहाँ समूह ‘ए’ र समूह ‘डी’ का ३–३ टिम सुपर सिक्समा एक समूहमा हुनेछन् भने समूह ‘बी’ र समूह ‘सी’ का ३–३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछन् ।

समूह चरणमै खेलिसकेको टिमविरुद्ध सुपर सिक्समा खेल्नुपर्ने छैन । तर आफ्नै समूहबाट सुपर सिक्समा पुगेका टिमसँगको खेलको नतिजा भने गणना हुनेछ ।

सुपर सिक्सको दुई समूहको शीर्ष २–२ टोली सेमिफाइनल पुग्नेछन् ।

यस पटक यू १९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने आईसीसीले जनाएको छ ।

प्रकाशित मिति २०८० माघ ५ गते शुक्रबार ०९:५६
हजुरको प्रतिक्रिया