सिनेमा संवादमा भुवन केसीदेखि दिया मास्केसम्मको जमघट
पाेखरा
सिनेमाका विभिन्न आयामबारे विचार, विमर्श गर्न सिनेपत्रकार, लेखक, अभिनेता र फिल्मकर्मी आजदेखि सिक्लेसमा भेला भएका छन् ।
चलचित्र पत्रकार संघ कास्कीले यसपटक सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रम राखेको हो ।
आजदेखि ३ दिनसम्म चल्ने सिनेमा संवादमा विभिन्न सत्रमा विमर्श हुने संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।
‘सिनेमा र सरकारः हिजो, आज र भोलि’, ‘नेपाली सिनेमाको स्वाद: कस्तो छ ? कस्तो हुनुपर्छ ?’ र ‘सिनेमा भित्र म, म भित्र सिनेमा: अनुभव ’ विषयमा विमर्श हुने अधिकारीको भनाइ छ ।
सिनेमा संवादमा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भूवन केसी, अभिनेत्री गौरी मल्ल, समीक्षक र फिल्मकर्मी प्रकाश सायमी, कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता संघका निर्वतमान अध्यक्ष एवं कलाकार आकाश अधिकारी, चलचित्र निर्देशक एवम् कलाकार अनुप बराल, अभिनेत्री दिया मास्के, निर्देशक एवं लेखक मनोज पण्डितले आफ्ना विचार राख्नेछन्।
सिने पत्रकार प्रकाश सुवेदी, सुरज सुवेदी रसन्जोग बस्यालले संवादको सहजीकरण गर्ने छन् ।
संवाद कार्यक्रम ७ गते राखिएको छ । सिनेमा संवाद कार्यक्रमको पब्लिक फोर के टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ ।
प्रकाशित मिति २०८० माघ ६ गते शनिबार ११:५२




