२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

पोखरामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते

पोखरामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १० गते बुधबार ०१:३६

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जिप अनियन्त्रित भइ पल्टिएको पुष्टि गरेका छन् ।

चालकको उपचारको क्रममा मृत्यु

पोखरा,

पोखरा महानगरपालिका १८ चिसाखोला नजिक मेथलाङमा भएको जिप दुर्घटनाका घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

सराङकोट ग्यारजातीबाट बागलुङ बसपार्क आउदैँ गरेको ग ३ च २६०३ नम्बरको बलेरो जिप दुर्घटनामा चालक पोखरा महानगर वडा नं. १८ ग्याजातीका ४९ वर्षिय कृष्ण बहादुर थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सोहि स्थानका २ जना घाइते भएका छन् । घाइते ६९ वर्षिय हिमकला थापा र ७० वर्षिय चन्द्रकला थापाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले बताए ।

स्थानीयका अनुसार चालक थापा रुखमा चेपिएका थिए । उनको करिब आधा घण्टाको प्रयासपछी उद्दार गरिएको थियो ।

प्रवक्ता विकले जिप अनियन्त्रित भइ पल्टिएको पुष्टि गरेका छन् । जिप नियन्त्रण गुमाइ सडकको दाँयातर्फ करिब २० फिट तल खसेको थियो ।

प्रवक्ता विकले सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए ।

प्रकाशित मिति २०८० माघ १० गते बुधबार ०१:३६
हजुरको प्रतिक्रिया