२०८३ कात्तिक १० गते सोमबार

लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १० गते बुधबार ०७:२९

पूर्णले तनहुँको बन्दीपुर गाउँपालिका–४ का सुरेश थापा मगरेको ट्रायल दिएका हुन् ।

पोखरा

नक्कली लाइसेन्स वितरणको खुलासाले हलचल मच्चयाइरहेको बेला ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयबाट नक्कली परीक्षार्थी पक्राउ गरिएको हो ।

मोटरसाइलकको ट्रायल दिने भानु नगरपालिका–४ का ३० वर्षीय पूर्ण मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

पूर्णले तनहुँको बन्दीपुर गाउँपालिका–४ का सुरेश थापा मगरेको ट्रायल दिएका हुन् ।

मंगलबा किर्त सही छाप गरी प्रयोगात्मक परीक्षामा दिदैं गरेको अवस्थामा पक्राउ गरेको डिएसपी खाँणले भनाइ छ । ‘किर्ते सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ’, उनले भने ।

बुधबार जिल्ला अदालत तनहुँबाट ५ दिनको म्याद थपेर अनुसन्धान पक्रिया अगाडि बढाएको उनले बताए ।

प्रकाशित मिति २०८० माघ १० गते बुधबार ०७:२९
हजुरको प्रतिक्रिया