२०८३ कात्तिक ११ गते मंगलबार

बेनीमा सामूहिक झडप, खुकुरी प्रहारबाट शुशिल गर्बुजाकाे मृत्यु

बेनीमा सामूहिक झडप, खुकुरी प्रहारबाट शुशिल गर्बुजाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १२ गते शुक्रबार ०८:१६

‘घटनामा संग्लनको पहिचान भइसकेको छ । उनीहरुको खोजिमा लागेका छौं । छिट्टै पक्राउ गरेर सत्यतथ्य बाहिर ल्याउँछौ’, डिएसपी कुवँरले भने ।

घटनामा संलग्नकाे पहिचान भइसक्याे, खाेजी गर्दैछाैं: प्रहरी

बेनी

म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

बिहीबार साँझ बेनी नगरपालिका–८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका थिए ।

घाइते सुशिलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए ।

मृतकका साथी बेनी नगरपालिका–६ अथुंगेका अनुराग शाहीको हातमा चोट लागेको छ ।

सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीलाई अर्को समूहले आक्रमण गरेको हो ।

‘घटनामा संग्लनको पहिचान भइसकेको छ । उनीहरुको खोजीमा लागेका छौं । छिट्टै पक्राउ गरेर सत्यतथ्य बाहिर ल्याउँछौ’, डिएसपी कुवँरले भने ।

मृतक युवासहितको समूह सवार मोटरसाइकललाई अर्को समूहले घेरेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०८:१६
हजुरको प्रतिक्रिया