२०८३ साउन २१ गते बिहीबार

असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीको घोषणा

असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २४ गते बुधबार १०:५७

आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्। बुधबार यातायात...

आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको बताए।

सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको उनले बताए। ‘यतिञ्जेल हामीले जसोतसो धान्यौं, अब सकिँदैन’ उनले भने।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताए। कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको उनले बताए।

प्रकाशित मिति २०७७ भदौ २४ गते बुधबार १०:५७
हजुरको प्रतिक्रिया