२०८३ साउन २१ गते बिहीबार

सवारी ज्यान मुद्वामा फरार नगेन्द्र वर्ष दिनपछि पक्राउ

सवारी ज्यान मुद्वामा फरार नगेन्द्र वर्ष दिनपछि पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १७ गते बुधबार ०७:५५

केसीले २ वर्ष ११ महिना ६ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पोखरा

सवारी ज्यान मुद्वामा फरार प्रतिवादीलाई कास्की प्रहरीले वर्षदिनमा बल्ल पक्राउ गरेकोे छ ।

मंगलबार कास्कीको पोखरा महानगरपालिका–३१ तल्लोपुँडीका ३१ वर्षीय नगेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कास्कीले गत वर्ष माघ २७ गते सवारी ज्यान मुद्वामा दोषि ठहर गरेको थियो ।

केसीले २ वर्ष ११ महिना ६ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार अदालतले नगेन्द्रसँग ३२ हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने ठहर गरेको थियो ।

इलाका प्रहरी कार्यालय सिशुवा डाँडाकोनाकबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

उनलाई अदालतमा पेश गर्दै कारागार चलान गरिएको छ ।

प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०७:५५
हजुरको प्रतिक्रिया