२०८३ साउन २१ गते बिहीबार

कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त

कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १८ गते बिहीबार ११:४६

यसअघि उनी निमित्त प्रबन्ध सञ्चालक थिए

पाेखरा

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् ।

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा बिहान बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जना मध्ये पोखरेललाई नियुक्त गरेको हो ।

यसअघि उनी निमित्त प्रबन्ध सञ्चालक थिए । कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो ।

समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।

प्रकाशित मिति २०८० माघ १८ गते बिहीबार ११:४६
हजुरको प्रतिक्रिया