२०८३ कात्तिक १० गते सोमबार

७२ एम्फुल लागुऔषधसहित पोखरामा २ जना पक्राउ

७२ एम्फुल लागुऔषधसहित पोखरामा २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २१ गते आइतबार ०६:१८

पोखरा पोखरामा लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ३० का २२ वर्षीय पुकार छतकुल्ली र पोखरा १५ नयाँ गाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका...

पोखरा

पोखरामा लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ३० का २२ वर्षीय पुकार छतकुल्ली र पोखरा १५ नयाँ गाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार शनिबार दिउँसो गगनगौडामा सवारी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले डाइपाजाम, फेनारगन र नुर्फिन गरी ७२ एम्फुल लागुऔषध बरामद गरेको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति २०८० माघ २१ गते आइतबार ०६:१८
हजुरको प्रतिक्रिया