२०८३ साउन २१ गते बिहीबार

भारतीय गाडीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नाेट बरामद

भारतीय गाडीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नाेट बरामद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २९ गते सोमबार ०१:२६

विराटनगर । सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको छ । भारतीय स्कारपियो गाडीमा एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोटसँगै एकजना...

विराटनगर ।

सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको छ ।

भारतीय स्कारपियो गाडीमा एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोटसँगै एकजना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा ल्याउँदै गरेको अवस्थामा सुनसरीको इनरुवा नगरपालिका–४ बाट उक्त नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

नियमित जाँचका क्रममा रहेको प्रहरी टोलीले शंकास्पद लागेपछि उक्त गाडीको तलासी लिएको थियो । पछाडिको भागमा बोरा र झोलामा हालेर लुकाएर राखेको अवस्थामा झन्डै दुई करोड नेपाली नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।

गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडिमा सवार अर्का एकजना व्यक्ति भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० माघ २९ गते सोमबार ०१:२६
हजुरको प्रतिक्रिया