२०८३ साउन २१ गते बिहीबार

पोखराकाे लामाचाैरबाट लागूऔषध कारोबारी समातिए

पोखराकाे लामाचाैरबाट लागूऔषध कारोबारी समातिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३० गते मंगलबार ११:२८

पाेखरा । पोखरामा एकजना लागू औषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट लागू औषध कारोबारीलाई समातेको हो । कास्की माछापुच्छ्रे गाउँपालिका...

पाेखरा । पोखरामा एकजना लागू औषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट लागू औषध कारोबारीलाई समातेको हो ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला घर भई हाल पोखरा नगरपालिका १९ बस्ने ३५ वर्षीय मिन बहादुर तामाङको साथबाट लागूऔषध डाईजापाम( ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल लागू औषध सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता कृण बस्यालले जानकारी दिए ।

उनमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति २०७७ मंसिर ३० गते मंगलबार ११:२८
हजुरको प्रतिक्रिया