२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदै

गण्डकी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ४ गते शुक्रबार ०८:४२

गण्डकी प्रदेश ६ वर्ष पूरा गरेको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

प्रदेशभरि आज सार्वजनिक बिदा

पोखरा ।

गण्डकी प्रदेश स्थापनाको आज ६ वर्ष पूरा भएर सातौं वर्षमा प्रवेश गर्दैछ ।

गण्डकी प्रदेश ६ वर्ष पूरा गरेको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए ।

त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए ।

‘नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ । यसमा सबै तहका सरकार र सरोकारवालाहरुको सहकार्य र साथ जरुरी रहेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको जिकिर गरे ।

‘शासकीय प्रणालीमा निरन्तर आएको परिवर्तन, प्रविधिको विकास र विश्वव्यापीकरणका कारण विश्वतहमा गर्नुपर्ने अन्तरक्रियाले स्वरुप, संरचना र शैलीमा निरन्तर परिवर्तन र सुधारको दिशा निर्दिष्ट गरेको महसुस गरेको छु’, उनले भने ।

प्रकाशित मिति २०८० फागुन ४ गते शुक्रबार ०८:४२
हजुरको प्रतिक्रिया