२०८३ कात्तिक ११ गते मंगलबार

नवलपुरमा मोटरसाईकल दुर्घटना : एकजनाको मृत्यु, एक जना गम्भिर घाइते

नवलपुरमा मोटरसाईकल दुर्घटना : एकजनाको मृत्यु, एक जना गम्भिर घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ९ गते बुधबार ०८:४४

जिल्लाको हुप्सेकोट गाउँपालिका ३ बेलाहानी स्थित भित्री सडक खण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुर ।

पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा १ जनाको निधन भएको छ । एकजना घाइते भएका छन् ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ३ बेलाहानी स्थित भित्री सडक खण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक हुप्सेकोट २ मोहन डाँडा बस्ने बर्ष २१ को पदम बहादुर बयम्बु रहेका छन् भने उक्त मोटरसाईकलका पछाडी सवार रहेका रहेका मोहनडाँडाका बर्ष २२ को हिरा बहादुर आले गम्भिर घाइते भएका छन् ।

आलेलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० फागुन ९ गते बुधबार ०८:४४
हजुरको प्रतिक्रिया